काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे शुरु हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
यसरी नै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०७९/२०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सन्दर्भमा वक्तव्य दिने छन् ।
सभामुख देवराज घिमिरेले नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको निधनप्रति शोक प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।