बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लुम्बिनीका नयाँ मन्त्रीहरुको आज शपथ

आइतबार, माघ २९ २०७९

काठमाडौँ – लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्रीहरुको आज (आइतबार) शपथ हुने भएको छ । आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका हुन् । यसअघि उनले गत पुस २८ गते दुई जना बिना विभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ अनुसार मौजुदा मन्त्रिपरिषद्मा मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले शनिबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री गिरीले गत पुस २८ गते बिना विभागीयमन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद विस्तार गरी कार्यविभाजन गगरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट चार, नेकपा (माओवादी केन्द्र) बाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।