काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा संयन्त्रको बैठक सुरु भएको हो ।
हिजो बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएर आजलाई सरेको थियो । बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो ।
सम्यन्त्रको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा उपस्थित छैनन् । उनी जनकपुरमा भएका कारण आजको बैठकमा उपस्थित हुन नसकेको जसपाले जनाएको छ ।
२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचन लगायत बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद लगायतका विषयमा छलफल हुने बताइएको छ ।