काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरू हुँदैछ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।
उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
महाधिवेशनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशन पछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।
विवेकशील साझा पार्टीका प्रथम महाधिवेसनका लागि तीनजनाले नेतृत्वमा आकांक्षा ब्यक्त गरेका छन ।
सो पार्टीका केन्द्रिय नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकाक्षा ब्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन् ।
सो पार्टीका पुर्व अध्यक्ष रवीन्द्र मिश्रले ‘बिचार भन्दा माथि देश’ भन्ने फरक प्रतिवेदन पेश गरे पछि विवेकशील पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो । मिश्रका कारण राजनीतिक गतिबिधि लगभग शुन्यमा पुगेको सो पार्टीले महाधिवेशन गरेर नयाँ रुप लिन लागेको हो ।
शुक्रबारवाटदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन शनिबारसम्म चल्नेछ।