बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमाले नेताहरूको जिम्मेवारी हेरफेर

शुक्रबार, माघ २७ २०७९

काठमाडौँ – नेकपा एमालेले नेकपा एमालेले चार जना नेताको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त चार स्थानमा चार नेतालाई जिम्मेवारी तोकेको हो।

जसमा एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ। यसअघिका प्रदेश इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेको ठाउँमा गौतमलाई जिम्मेवारी दिइएको हो। त्यस्तै घनश्याम भुसालले पार्टी छोडेपछि रिक्त अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी बिन्दा पाण्डेलाई चयन गरेको छ। निधन भएका नेता बालकृष्ण ढुंगेलको स्थान अपाङ्गता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेस प्रदेशको सभामुख भएकाले सो स्थानमा सिला यादवलाई जिम्मेवारी दिएको छ। 

एमालेले कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उक्त अभियान फागुन र चैत २ महिनाभर चल्ने छ । 

त्यसका लागि एमालेले विभिन्न ११ वटा कार्यादेश तोकेर केन्द्रीय सदस्यहरूलाई गाउँ तहसम्म पठाउनेछ। यस क्रममा सदस्यता नवीकरण, वितरण, पुराना नेता कार्यकर्ताको सम्मान,जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्ध लगायतका काम गर्नेछ ।अभियानको सुरुवात फागुन ५ गते सातै प्रदेशबाट एकै पटक हुनेछ ।