बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

शुक्रबार, माघ २७ २०७९

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् । प्रदेश सभाको आज (बिहीबार) को वैठकमा विश्वासको मत आर्जन गर्न असमर्थ भएपछि रावल नेतृत्वको सरकार ढलेको थियो ।

आजको बैठकमा रावलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए । तर, उनको प्रस्तावले छलफलका लागि स्वीकृति पाएन ।

संविधानमा गरिएको व्यवस्थाअनुसार उनले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने थियो ।

तर, २७ पुसमा उनलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टी बैठकमा अनुपस्थित भएपछि उनको विश्वास आर्जन गर्न सकेनन् ।