बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

बिहिबार, माघ २६ २०७९

काठमाडौं । सत्ताको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ ।

बिहीबार साँझ ५ बजे केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो ।

माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने जनाइएको छ ।

स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति गठन गरिसकेको छ ।