बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पत्रकार सम्मेलनमार्फत के भन्न लागे विप्लव ?

बुधबार, माघ २५ २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज पत्रकार सम्मेलन गर्दै छन् ।

महासचिव चन्दले आज दिउँसो  १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् । काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको छ ।

उनले पछिल्ला राजनीतिक घटना क्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौताका बारेमा पछिल्ला काम कारबाहीका बारेमा जानकारी दिने बताइएको छ ।

पत्रकार सम्मेलनमा चन्दसहित खडगबहादुर विश्वकर्मालगायत शीर्ष नेताको उपस्थिति र सम्बोधन हुनेछ ।

सोही बिषयलाई लिएर चन्द नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेको समेत थियो ।