बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फागुन १ गते रक्षामन्त्री भारत भ्रमणमा जाने

बुधबार, माघ २५ २०७९

काठमाडौं : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पहिलो विदेश यात्राका रुपमा भारत जाने भएका छन् । भारतीय समकक्षी राजनाथ सिंहको निमन्त्रणामा उप्रेती फागुन १ देखि पाँच दिन लामो भ्रमणमा निस्किने भएका हुन् ।

रक्षा मन्त्रालयले उप्रेतीको भारत भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिसदमा पठाएको थियो । सोमबार बसेको मन्त्रिपपरिषद बैठकले उप्रेतीको भारत भ्रमण कार्यक्रमलाई स्वीकृति दिएको छ । उनी मंसिर ४ को निर्वाचनमा सर्लाहीबाट विजयी भएका हुन् ।