बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मंगलबार, माघ २४ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार सिंहदरबारस्थिति प्रधानमन्त्री कार्यलयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

कांग्रेसले आफुले सिफारिस गरेको राष्ट्रपति हुनु पर्ने बताउँदै आएको छ । यत सत्तारुढ दल एमाले भने पुस १० मा सत्तासाझेदार दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै अएका छन् ।

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । 

-फाइल तस्वीर