बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन् शपथ

मंगलबार, माघ २४ २०७९

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले शपथ लिएकी छन् ।

उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी, को उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् । शपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको उपस्थिति थियो ।

शपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।