जनकपुरधाम । मधेश प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ ।
सत्ता गठबन्धनका एक घटक नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुन सहमत भएपछि सरकार पूर्णता पाउन लागेको हो ।
मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।
माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन् ।
मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादव र अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो ।