बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीमा परी १३ वर्षिया बालिकाको मृत्यु , एक जना घाइते

मंगलबार, माघ २४ २०७९

कर्णाली । चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुँदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ ।

लोक बहादुर भण्डारीको घरमा गएराति  साढे १० बजे आगलागी हुँदा उनकी छोरी बन्दना भण्डारीको  जलेर मृत्यु भएको प्रहरीले  जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन् ।

आगलागी भएको घरमा भण्डारीका सासु श्रीमती छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । उनका अनुसार लोकबहादुर खुट्टा पोलेको भने अन्य परिवार सहकुशल रहेका छन् ।  

उनका अनुसार ढुङ्गा र काठले बनेको तीन तलाको घर टिनको छानोले छाइएको थियो ।  प्रहरीका अनुसार आगो दोस्रो तलाबाट लागेको अनुमान गरिएको छ ।  मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।  

प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गरिरहेको छ भने पुरै घर जलेर नष्ट भएको छ । क्षतिको थप बिवरण आउन बाँकी छ ।