बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्र बैंक भन्छ, छ महिनामा ८० अर्ब ८१ करोड रुपैंयाँको सामान निर्यात

मंगलबार, माघ २४ २०७९

काठमाडौँ – नेपालको कुल निर्यातमा गिरावट आएको छ। राष्ट्र बैंकले सोमबार सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो छ महिनाको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु निर्यात ३२ प्रतिशतले गिरावट आएको हो । सो अनुसार चालु आवको पछिल्लो छ महिनामा ८० अर्ब ८१ करोड रुपैंयाँ बराबरको सामान निर्यात भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४० दशमलव एक प्रतिशत र २५ दशमलव दुई प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात तीन दशमलव छ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । ढ। आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २० दशमलव सात प्रतिशतले कमी आई सात खर्ब ९२ अर्ब ६७ करोड कायम भएकोछ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१ दशमलव एक प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९ दशमलव चार प्रतिशत, २४ दशमलव छ प्रतिशत र २१ दशमलव चार प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु व्यापार घाटा १९ दशमलव दुई प्रतिशतले कमी आई सात खर्ब ११ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६ दशमलव छ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव दुई प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव नौं प्रतिशत रहेको थियो। ज्ञद्द। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६० अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब १० अर्ब ९१ करोड बराबरको भएको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय ३१ अर्ब २७ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४६ अर्ब २३ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय १६ दशमलव नौं प्रतिशतले वृद्धि भई २८ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२ अर्ब ९४ करोड रहेको थियो। समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ५८ दशमलव पाँच प्रतिशतले वृद्धि भई ५१ अर्ब ४५ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३२ अर्ब ४५ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ४८ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।