बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सोमबार, माघ २३ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

उनलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

स्थानीय समयअनुसार आज बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।