बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

सोमबार, माघ २३ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भइ आईतवार राजीनामा बुझाएका सांसदहरुले आज पत्रकार सम्मेलन गर्दैछन् ।

तीन सांसदहरुले आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरुका बारेमा जानकारी गराइने बताइएको छ ।

रास्वपाका ३ मन्त्री हिजो साँझ प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाएका थिए । हिजै बसेको रास्वपाको केन्द्रिय कमिटी तथा संसदीय दलको सम्युक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

त्यस अघि रास्वपाको सभापति रवि लामिछानेले पत्रकार सम्मेलन समेत गरेका थिए । सभापति रवि मिडियाप्रति आक्रामक देखिएका थिए ।