बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गृहमन्त्रालयमा बोलाए अहिल्यै जान्छु

सोमबार, माघ २३ २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीमा बोलाए आफू जान तयार भएको बताएका छन् ।

आज (सोमबार) सरकारबाट बाहिरिने जानकारी गराउँदै सभापति लामिछानेले गृहमन्त्री बोलाए आफू जान तयार रहेको जानकारी दिएका हुन् । पदको लोभलेभन्दा पनि कामको लोभले गृहमन्त्रलयमा बोलाए फेरि आफू जान तयार रहेको बताए ।

उनले भने– ‘अहिले यति गाली गर्दा पनि बोलाए भने म गृहमन्त्रालयमा जान्छु । जान्छु पदको लोभले होइन, कामको लोभले जान्छु । के काम गरेछु म देखाइदिन्छु । हामीले १२ वर्ष धाएको मान्छेलाई १२ मिनेटम काम गरेर पठाइदिएका छौँ ।’