काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालय पाउन रास्वपाले जोड गरिरहेको र माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्तावमा गरेका बेला दुइबीच भेटवार्ता भएकाे हाे ।
उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटको निचोड भने केही खुलेको छैन ।
नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले अघिल्लो साता अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै गृहमन्त्रीको दाबी गरिरहेका छन् ।
केहीबेरमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन् । पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दै छु । म चाहन्छु, सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भए छ,’ फेसबुकमा लामिछानेले लेखेका छन् ।
सरकारबाट बाहिरिने या नबाहिरिने विषयमा आइतबार नै पार्टीले निर्णय लिने उनले बताएका छन् ।