बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने

आइतबार, माघ २२ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। 

सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो जानकारी दिएका छन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालयबाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु’, उनले भने, ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरून्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’