काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
जबराको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ६ बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । जबरा २९ वर्षको उमेरमा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए ।
राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक आठ सय तलब खानेगरी जबरालाई गभर्नरको नियुक्त्रि दिएका थिए ।
१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका हुन् । ।
उनको ९५ वर्षको उमेरमा निधन भएको हो ।