बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बिहिबार, माघ १९ २०७९

काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–१६ सितापुर कटानीस्थित शिव ईटा उद्योगमा प्र २–०३–००१ त ६५५५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश राज्य महमदी ग्राम शंकर छाउनी १ बस्ने संजिव कुमारको छोरा ६ वर्षीय हेमन्त कुमारको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लिलावती अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो ।  हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

जाजरकोटको भेरी नगरपालिका–४ स्थित बोहोरा मोडमा भे.२ त३८८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरको सहचालक कुशे गाउँपालिका–७ बस्ने १७ वर्षीय लोकेश जैशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।