काठमाडौं । देशभर आत्मदाह तथा आत्महत्याको घटना बढेको भन्दै उच्चस्तरीय न्यायिकको छानबिनको माग गरिएको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद अमरेशकुमार सिंहले देशभर आत्मदाह र आत्महत्याको घटना बढेकाले यसको उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
प्रेमप्रसाद आचार्यले जस्तै देशभर आत्मदाह र आत्महत्याको घटना बढेको भन्दै उनले किन जनता आत्मदाह र आत्महत्या गर्ने अवस्थामा पुगे भन्ने विषयमा उच्चस्तरीय न्यायिक छानबिन गर्र्नुपर्ने माग गरेका हुन् ।
अघिल्लो साताको मंगलबार संघीय संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको भोलिपल्ट बुधबार उपचारका क्रममा निधन भएको थियो ।
उक्त घटनाका सम्बन्धमा किटानी जाहेरीका आधारमा नेपाल प्रहरीले भने विभिन्न व्यापारिक समूहका तथा सञ्चालक गरी १२ जनाविरुद्ध उजुरी परे पछि प्रहरीले धमाधम बयान लिन सुरु गरेको छ ।
सो क्रममा प्रहरीले भाटभटेनी सुपर मार्केट्सका सञ्चालक मीनबहादुर गुरुङ र गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिईएको छ ।