बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सन्दीपलाई फेरी थुन्न सर्वोच्चमा निवेदन

बुधबार, माघ १८ २०७९

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको निर्णयविरुद्व सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको छ ।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ ।

उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौं’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले भने, ‘ हामीले उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेका छौं ।’

सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका थिए ।