सन्धिखर्क नगरपालिका–७ डिडाँडा बस्ने १९ वर्षीय रोशन शाहको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । नेपाल विद्युत प्राविधिकरण अर्घाखाँची शाखाका अस्थाई (सेवा करार) प्राविधिक कर्मचारी शाहले भुमिकास्थान नगरपालिका–९ जलुकेपानस्थित नेपाल विद्युत प्राविधिकरणको ट्रान्समिटरको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।