काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्।
उनी मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगरे प्रधानमन्त्रीलाई भेटेका हुन् । प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो।
नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक भेट गरेका हुन् ।
यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।
लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफैले पाउनुपर्ने दाबी गर्दै आएको छ ।