बेलायत ।
बियर खानेहरूका लागि खुसीको खबर छ । नयाँ अनुसन्धानले आमरूपमा दुखाई कम गर्न खाने गरिएको सिटामोलजस्ता औषधीभन्दा बियर पिउनु असरदार भएको दावी गरेको छ । बेलायतको ग्रिनविच युनिभर्सिटीले चार सय व्यक्तिमा गरेको १८ अनुसन्धानले यो खुलासा भएको हो ।
अनुसन्धानबाट बियर पिउँदा दुखाईको अनुभूति घट्छ किनभने बियरले दिमागको ‘रिसेप्टरर्स’ काम गर्छ र यसले चिन्ता घटाउन मद्दत गर्छ भन्ने पाइएको छ । यसकै कारणले पीडा कम हुन्छ ।
‘द सन्’ पत्रिकासंग सो विश्वविद्यालयका ट्रेर थमसनले भने ‘हामीले बलियो प्रमाण पाएका छौं कि अल्कोहल प्रभावशाली पेनकिलर हो । यसको तुलना कोडेनजस्तो ड्रगस्संग गर्न सकिन्छ जुन सिटामोल जस्तै असरदार हुन्छ ।’
यदी रगतमा दशमलब शून्यआठ प्रतिशत अल्कोहल छ भने दुखाईमा धेरै कमि आउँछ । यसको कारण हो अल्कोहलले चिन्ता घटाउँछ, जसका कारण पीडातिर हाम्रो ध्यान जाँदैन ।
समाचारमा जनाइएअनुसार अनुसन्धान रक्सी खाने कुलतलाई प्रोत्साहन गर्न गरिएको होइन । सर्बमान्थ तथ्य हो लामो समय बियर वा अल्कोहलजन्य पदार्थ खानाले स्वास्थ्यमा हानी पुर्याउँछ । रक्सी खानेले हृदयघात देखि डिप्रेसनसम्मको समस्यासंग सामना गर्नु पर्ने हुन्छ ।