आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध गाँजा सहित पक्राउ  

सोमबार, मंसिर २६ २०७९

लालबन्दी नगरपालिका–१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब १० किलो सहित हरिवन नगरपालिका–३ बस्ने २० वर्षीय नितेश श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बा.७९ प २२३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।  हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।