बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरिया रोजगारीका लागि आवेदन माग

मंगलबार, मंसिर १३ २०७९

काठमाडौँ – रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।

ईपीएस  शाखाका  अनुसार  कृषि  तथा  पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ । 

एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । यस्तै भाषा परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको पहिलो चरणको सीप परीक्षण फागुन ३  देखि  ५  गतेसम्म  हुनेछ  भने  दोस्रो  चरणको  सीप परीक्षण चैत १ देखि ३ गतेसम्म हुने ईपीएस शाखाले जनाएको छ । गोरखापत्र दैनिकबाट