बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

मंगलबार, कार्तिक २२ २०७९

चार वटा समुहको कमाउँदा नौं वटा समुहले गुमाए

काठमाडौं, नेप्से सुचक तथा कारोबार रकम दुबै घटेका छन् । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से दुई दशमलव ५७ अंकले घटेर १९ सय ५६ दशमलव ३६ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव १२ अंकले घटेर तीन सय ८४ दशमलव २१ अंकमा पुगेको छ । आज दुई सय २६ वटा कम्पनीहरुको १८ हजार चार सय ७२ पटकको कारोबारमा २७ लाख ७३ हजार सात सय ३७ कित्ता सेयर किनबेच भएका छन भने कारोबार रकम एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार चार सय ६७ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा चार वटा समुहले कमाएका छन् भने नौं वटा समुहले गुमाएका छन् । ति मध्ये निर्जिवन बीमा समुहको सुचक २३ दशमलव चार अंकले बढेर सात हजार सात सय ७८ दशमलव ३५ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ९३ दशमलव ६१ अंकले बढेर नौं हजार एक सय ७४ दशमलव ७७ अंकमा चढेको छ । फाईनान्स र अन्य समुहको सुचक पनि आज बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने तीन दशमलव ९७ अंकले घटेर १३ सय ६० दशमलव ३४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १२ दशमलव ७४ अंकले घटेर दुई हजार ३८ दशमलव ४७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, लघुवित्त, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड पहिलो स्थानमा परेको छ ।