वीरगंज महानगरपालिका–१६ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही महानगरपालिका–१३ बस्ने ४० वर्षीय सिकिन्द्र गिरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
साथै सोही कार्यालयबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट साँधुबाबाको भेसमा नेपालबाट भारततर्फ जाँदै गरेका पैदलयात्री भारत घर भएका ४० वर्षीय संजय रायलाई अवैध लागूऔषध गाँजा २ केजी सहित सोमबार साँझ पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।