बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

छ अंकले नेप्से घट्दा दुई अर्ब १० करोड रुपैंयाँको कारोबार

सोमबार, कार्तिक २१ २०७९

काठमाडौं, अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज  छ दशमलव ४३ अंकले घटेर १९ सय ५८ दशमलव ९४ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव १९ अंकले घटेर तीन सय ८५ दशमलव ३३ अंकमा पुगेको छ । दुई सय २४ वटा कम्पनीहरुको ३५ हजार एक सय १२ पटकको कारोबारमा ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुंदा आज रकम दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८४ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा पाँच वटा समुहले कमाए पनि आठ वटा समुहले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ९९ अंकले घटेर एक हजार तीन सय ६४ दशमलव २७ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक छ दशमलव चार अंंकले घटेर दुई हजार ५१ दशमलव २१ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ८१ दशमलव १५ अंकले घटेर सात हजार सात सय ५३ दशमलव ७८ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि उच्च अंकले घटेका छन् । जीवन समुहको सुचक भने ४६ दशमलव एक अंकले बढेर नौं हजार ८१ दशमलव १६ अंकमा पुग्दा ट्रेडिङ्ग, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि भने बढेका छन् । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा जाल्पा लघुवित्त वित्तीय संस्था नैं पहिलो स्थानमा परेको छ ।