सामुहिक लगानी कोष बाहेक बाँकी सबै समुहहरुको सुचक बढ्यो
काठमाडौैंं, नेप्से सुचक तथा कारोबार रकम दुबै नै उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ४३ दशमलव दुई अंकले बढेर १९ सय ६५ दशमलव ३६ अंकमा पुगेको छ भने सेन्सिटिभ आठ दशमलव नौं अंकले बढेर तीन सय ८७ दशमलव ५२ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको २७ हजार सात सय ६८ पटकको कारोबारमा ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेपनि बाँकी समुहको सुचक उच्च अंंकले बढेका छन् । आज बाँणिज्य बैंक समुहको सुुचक ११ दशमलव ३९ अंकले बढेर १३ सय ६८ दशमलव २६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक ६६ दशमलव ६८ अंकले बढेर दुई हजार ५७ दशमलव २४ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३३ दशमलव २६ अंकले बढेर सात हजार आठ सय ३४ दशमलव ९३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ९५ दशमलव नौं अंकले बढेर नौं हजार ३५ दशमलव सात अंकमा पुगेको छ । यसैगरी बिकास बैंैक, फाईनान्स, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नविल इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ ।