बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

वैदेशिक रोजगारीमा जानेलाई आईपीओमा कोटा प्रणाली लागु

शुक्रबार, कार्तिक १८ २०७९

काठमाडौँ – विदेशमा रोजगारीको क्रममा रहेकाहरुलाई सेयर किन्न पाउने भएका छन् । धितोपत्र बोर्डले यही कार्तिक १७ गतेबाट धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौ संसोधन) निर्देशिका २०७९ कार्यान्वनमा ल्याएपछि बिदेश रोजगारीका लागि रहेका नेपाली नागरिकहरुले उक्त सुविधा पाएका हुन । 

बोर्डका अनुसार संगठित संस्थाले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको १० प्रतिशत शेयर नेपाल सरकारको सम्वन्धीत निकायहरुबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्ने व्यवस्था सहितको धितोपत्र निष्काशन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका लागु गर्नुपर्ने छ । यसरी शेयर निष्काशन गर्दा विदेशमा बसी रोजगार गरेका नेपालीहरुको लागि शेयर निष्काशन गर्नुपर्ने छ । यसको लागि संगठित संस्थाले सर्वसाधारणको लागि छुट्याईएको शेयर निष्काशन तथा गर्दा निष्काशन तथा विक्री प्रर्वन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकेर आव्हानपत्र प्रकाशित गर्नुपर्ने छ । 

शेयर निष्काशनको लागि आवेदन दिंदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्वन्धी कार्य गर्न अनुमती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको बिप्रेषण बचत खाना मार्फत भुक्तानी गर्नपर्ने छ। विप्रेषण बचत खाता भन्नाले सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृती प्राप्त गरी बिदेशी बसेर रोजगार गरिरहेका नेपाली नागरिकको बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्वन्धी कार्य गर्न अनुमती प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा सम्वन्धीत व्यक्तिको नाउँमा खोलिएको रेमिटेन्स बचत खातालाई सम्झिनु पर्ने छ । 

रेमिटेन्स बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैंयाँ सम्वन्धीत व्यक्तिले आफु रोजगार रहेको मुलुकबाट जम्मा गर्नु पर्ने छ । यसरी वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुलाई शेयर बाँडफाँड गरेपश्चात मात्र सर्वसाधाणको लागि प्रारम्भिक सेयर निष्काशन गर्नुपर्ने छ । तर निष्काशित सेयर बिक्री नभएको अवस्थामा भने त्यस्तो सेयर सर्वसाधारण समुहमा थप गरी जारी गर्नु पर्ने बोर्डले जनाएको छ ।