बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौं : भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित सिरहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्दलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट नियन्त्रित लागूऔषध नुर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र डाईजेपाम २३ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले ना.६१ प १३४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक क्षेत्रीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।