बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा उच्च बृद्धि

सोमबार, कार्तिक १४ २०७९

सुचक तथा कारोबार रकम दुबै बढे

काठमाडौं, नेप्से उच्च अंकले बढेको छ । तिहारको बिदा पछि आज सोमबार पहिलो दिन खुलेको नेप्से १६ दशमलव ३९ अंकले बढेर १८ सय ७४ दशमलव ८७ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव ९३ अंकले बढेर तीन सय ७० दशमलव ८६ अंकमा चढेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको १७ हजार सात सय ४८ पटकको कारोबारमा २५ लाख ७४ हजार नौं सय ४५ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ६९ करोड ७३ लाख १७ हजार छ सय ११ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा बिकास बैंक समुहको सुचक घटेपनि बाँकी रहेका १२ वटा समुहहरुको सुुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २० दशमलव नौं अंकले बढेर १३ सय ४१ दशमलव ३१ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक दशमलव ९७ अंकले बढेर १९ सय १७ दशमलव ५२ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि २३ दशमलव ५५ अंकले बढेर सात हजार पाँच सय २० दशमलव ३३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २५ दशमलव ४१ अंकले बढेर आठ हजार सात सय आठ दशमलव ५७ अंकमा पुगेको छ । यसैगरी आज फाईनान्स, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर हेवाखोला हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।