एक दशमलव ३८ अंकले घट्दा ५० करोड रुपैंयाँको सेयर किनबेच
काठमाडौं, साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन एक दशमलव ३८ अंकले घटेर १८ सय ४४ दशमलव १४ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव शुन्य नौं अंकले बढेर तीन सय ६३ दशमलव पाँच अंकमा चढेको छ । दुई सय २१ वटा कम्पनीहरुको १७ हजार दुई सय ९६ पटकको कारोबारमा १५ लाख ४६ हजार आठ सय ५७ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा बिकास बैंक, ट्रेडिङ्ग र लगानी समुहको सुचक बढेर १० वटा समुहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव शुन्य नौं अंकले घटेर १३ सय १० दशमलव १७ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ३१ दशमलव ११ अंकले घटेर सात हजार चार सय आठ दशमलव ४५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ७५ अंकले घटेर आठ हजार छ सय ४४ दशमलव ११ अंकमा पुग्दा जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रो पावर कपनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेञ्चुरी कर्मसियल बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अभियान लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ ।