दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमायो
काठमाडौं, नेप्से पुन घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार पुन १२ दशमलव ८१ अंकले घटेर १८ सय ४५ दशमलव ५१ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ६६ अंकले घटेर तीन सय ६२ दशमलव ९६ अंकमा पुगेको छ । आज दुई सय १६ वटा कम्पनीहरुको २० हजार दुई सय ७४ पटकको कारोबारमा २१ लाख ५१ हजार सात सय १४ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम ६४ करोड ३६ लाख सात हजार नौं सय ७५ रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहहरुको कारोबार हुंदा आज होटल र सामुहिक लगानी कोष समुहहरुको सुचक बढेपनि बाँकी ११ वटा समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ८१ अंकले घटेर १३ सय १० दशमलव २६ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ४५ दशमलव छ अंकले घटेर तीन हजार दुई सय ९३ दशमलव ६२ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ३५ दशमलव ४६ अंकले घटेर १९ सय छ दशमलव ६७ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ५५ दशमलव ५१ अंकले घटेर सात हजार चार सय ३९ दशमलव ५६ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, जीवन बीमा, ट्रेडिङ्ग, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अभियान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सोल्टी होटल लिमिटेड परेको छ ।