दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
काठमाडौं, साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से सुचक तथा कारोबार रकम दुबै नै घटेका छन् । नेप्से आज नौं दशमलव ६९ अंकले घटेर १८ सय ६० दशमलव ९४ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ७२ अंकले घटेर तीन सय ६५ दशमलव ४२ अंकमा पुगेको छ । दुई सय २१ वटा कम्पनीहरुको १६ हजार सात सय ७६ पटकको कारोबारमा २५ लाख ७४ हजार सात सय ८५ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा दुई वटा समुहको सुचक बढेर ११ वटा समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव २५ अंकले बढेर १३ सय ११ दशमलव ५४ अंकमा पुग्दा उत्पादनमुलक समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक ६० दशमलव सात अंकले घटेर तीन हजार तीन सय ६६ दशमलव १६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक २१ दशमलव ८६ अंकले घटेर एक हजार नौं सय ५६ दशमलव ३१ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ५६ दशमलव २३ अंकले घटेर सात हजार चार सय ८२ दशमलव २० अंकमा पुग्दा जीवन बीमा, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अभियान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एभरेष्ट बैंक परेको छ ।