बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

आइतबार, असोज ३० २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले कुमारी बैंकको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा बैंकले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८-०७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेसँगै बैंकलाई साधारणसभा बोलाउने बाटो खुलेको हो ।  बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।  बैंकले यस पटक बोनस शेयर बितरण नगरी नगद लाभांश मात्र  बितरण गर्न लागेको हो ।   हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।  

हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् ।  मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ ।   

राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो । सिटिजन्स बैंक राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने र साधारणसभाआह्वान गर्ने पहिलो बैंक हो ।

कुमारी बैंकले १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिंग इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।