काठमाडौं,साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । नेप्से आज २७ दशमलव १६ अंकले घटेर १८ सय ७१ दशमलव २२ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ३६ अंकले घटेर तीन सय ६६ दशमलव ८४ अंकमा पुगेको छ । आज दुई सय ३३ वटा कम्पनीहरुको १७ हजार आठ सय ७६ पटकको कारोबारमा ३१ लाख ५५ हजार छ सय ९५ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम ९७ करोड १७ लाख ६७ हजार सात सय १४ रुपैंयाँ पुगेको छ । अघिल्लो दिन भने नेप्से ८३ करोड रुपैंयाँको सेयर किनबेच भएको थियो ।
आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेर बाँकी १२ वटा समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव एक अंकले घटेर १३ सय १२ दशमलव ८३ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुुचक पनि ९१ दशमलव ६९ अंकले घटेर तीन हजार तीन सय ६६ दशमलव ६४ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ४३ दशमलव ६१ अंकले घटेर १९ सय ८० दशमलव ५७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय १४ दशमलव पाँच अंकले घटेर सात हजार पाँच सय २९ दशमलव ९७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७१ दशमलव ५५ अंकले घटेर आठ हजार आठ सय २९ दशमलव ७९ अंकमा पुग्दा फाईनान्स, ट्रेडिङ्ग , होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अभियान लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर नैं पहिलो स्थानमा परेको छ ।