बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्र बैंकले भोलि १९ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ?

बिहिबार, असोज १३ २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले भोलि बिहिबार पुन ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन पुन १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिने राष्ट्र बैंकको भनाई छ । 

जारी मिती असोज २३ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ पुस १९ गते र २०७९ चैत्र २१ गते तोकिएको र यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि गत साता पनि १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी जारी गरेको थियो ।