बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

बिहिबार, असोज १३ २०७९

काठमाडौँ – कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रर्वधन गर्ने उद्देश्यका साथ २०७९ साल भाद्र १९–२४ सम्म के.एस डिजिटल वीक सञ्चालनमा ल्याएको थियो । 

उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफर मध्य, एफ वान् सफ्टसँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो के.एस आई मोवाईल एप मार्फत कुनैपनि तीन वटा फरक कारोबार गरेका दुई जनाले स्मार्ट फोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल भएका थिए । 

उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालद्वारा गोलाप्रथा गरी हेटौंडाका अजित बिडारी र वीरगंजका परफेक्ट सोलुसन सेन्टरलाई स्मार्ट फोनको बिजेता घोषणा गरिएको थियो । उक्त स्मार्ट फोन बैंकले भाग्यशाली ग्राहकहरुलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।