साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । नेप्से आज नौं दशमलव ८३ अंकले घटेर १८ सय ३८ दशमलव ९६ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ४५ अंकले घटेर तीन सय ५९ दशमलव ४३ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २९ वटा कम्पनीहरुको १७ हजार नौं सय ६४ पटकको कारोबारमा २५ लाख ४२ हजार चार सय ८९ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम ६५ करोड ५७ लाख पाँच हजार एक सय ६९ रुपैंयाँ ४२ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २२ अंकले घटेर १२ सय ८१ दशमलव नौं अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ५८ अंकले घटेर १९ सय ८० दशमलव ७२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४१ दशमलव ७९ अंकले घटेर आठ हजार सात सय २४ दशमलव ८५ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ५८ दशमलव ५७ अंकले घटेर सात हजार चार सय ८६ दशमलव ६८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामलिङ पावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रभु बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक पहिलो स्थानमा परेको छ ।