बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

११ अंकले बढ्यो नेप्से

बुधबार, असोज ५ २०७९

सामुहिक लगानी कोष बाहेक सबै समुहले कमाए

काठमाडौं – अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज ११ दशमलव १९ अंकले बढेर १८ सय ४८ दशमलव ८० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव एक अंकले बढेर तीन सय ६० दशमलव ८८ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २६ वटा कम्पनीहरुको १९ हजार आठ सय ७९ पटकको कारोबारमा २५ लाख ३१ हजार तीन सय ७० कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ७२ करोड १२ लाख ५९ हजार आठ सय ८४ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ७४ अंकले बढेर १२ सय ८१ दशमलव ३१ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ७४ अंकले बढेर दुई हजार दशमलव ३० अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ३५ दशमलव ३५ अंकले बढेर आठ हजार सात सय ६६ दशमलव ६४ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि १९ दशमलव ६४ अंकले बढेर सात हजार पाँच सय ४५ दशमलव २६ अंकमा पुगेको छ । आज बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, ट्रेडिङ, लघुवित्त र लगानी समुहहरुको सुचक पनि बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामलिङ पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नविल बैंक परेको छ ।