बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

माओवादीले बुझायो समानुपातिकको बन्दसूची,बाबुरामको पार्टीका ५ जना

मंगलबार, असोज ४ २०७९

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । आज (सोमबार) महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरु निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।

पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा समावेश गरिएको छ ।

प्रतिनिधिसभामा भट्टराईको पार्टीका ५ जनासहित ११० र प्रदेशसभामा २२० गरी कूल ३३० जनाको नाम पेस गरिएको उनले बताए ।