बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज सुनचाँदी दुबैको मूल्य घट्यो  

सोमबार, असोज ३ २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी दुबैको मूल्य घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य घटेको महासंघले जनाएको छ । 

आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।