काठमाडौं । संविधान दिवसका अवसरमा आज टुँडिखेलस्थितसैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको थियाे ।
संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको हाे ।
टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो ।
नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।
उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने र यसले हाम्रो संविधानलाई चलायमान बनाउनाका साथै जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।
तस्वीरमा हेर्नुहोस्










