बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्ने

आइतबार, असोज २ २०७९

काठमाडौ – नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । राष्ट्र बैंकका अनुसार आज आईतबार अपरान्ह तीन बजेससम्ममा उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।  
असोज चार गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकवोल पेस गर्न सक्ने छन् । आज बिक्री हुने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड रुपैंयाँ बराबरका रहेका छन् । 

यि टे«जरी बिलको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्र्तिक एक गते, २०७९ पुस पाँच गते र २०७९ चैत्र सात गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको रहेको र यसअघि गत साता पनि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।