बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मुद्धती निक्षेपमा प्रभु बैंकको हालसम्म कैं उच्च व्याज

शुक्रबार, भाद्र ३१ २०७९

काठमाडौँ – आम नेपाली जनताको आफ्नो बैंककोरुपमा परिचय स्थिापित गरेको प्रभु बैंकले आफ्ना आम बचतकर्ता ग्राहकहरुलाई हालसम्म कै उच्च व्याज दिएको छ ।

बैंकले मुद्दती निक्षेपमा १५ दशमलव १३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने घोषणा गरेको छ । 
बैंकका अनुसार विदेशबाट रेमिट्यान्स गरि पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५ दशमलव १३ प्रतिशत ब्याज भुक्तानी दिईने छ । यसरी व्याज दिंदा विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने विश्वास बैंकले लिएको छ । यसले विदेशबाट रकम पठाउन औपचारिक च्यानलको प्रयोगलाई बढावा दिने विश्वास पनि बैंकले गरेको छ । 

यसैगरी बैंकले उन्नति बचत खातामा पनि वार्षिक १० दशमलव १३ प्रतिशत ब्याजदर प्रदान गर्ने घोषणा गरेको छ । बैंकका अनुसार यो व्याजदर असोज एक गते अर्थात शनिबारदेखि कार्यान्वयनमा आउने छ ।