बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सर्वसाधारणहरुले असोज दुई गतेबाट चाडपर्व लक्षित नयाँ नोट पाउने

शुक्रबार, भाद्र ३१ २०७९

काठमाडौं : सर्वसाधारणहरुले असोज दुई गतेबाट चाडपर्व लक्षित नयाँ नोट पाउने भएका छन् । राष्ट्र बैंकका अनुसार बडा दशैं २०७९ को लागि यही असोज २ गतेबाट बाँणिज्य बैंकहरुबाट नयाँ नोट वितरण गरिने भएको हो । 

राष्ट्र बैंकले बिहिबार सार्वजनिक सुचना जारी गर्दे भनेको छ, बडा दशैंको अवसरमा सर्वसाधारणबाट साना दरका नयाँ नोटहरुको माग अत्याधिक हुने गरेको बिगतको अनुभवलाई मध्यनजर गरी बडा दशैं २०७९ को अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्न सहज होस भनि यस बर्ष सम्पुर्ण बाँणिज्य बैंकहरुलाई राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराई सकेको छ । यसै सन्र्दभमा यही असोज दुई गते देखि आफ्नो बैंकको काठमाडौं उपत्यका भित्रका तोकिएका शाखा कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । 

राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंकहरुले सर्वसाधारणहरुलाई नयाँ नोटको सटही सुविधाको लागि काठमाडौं उपत्यका अर्थात काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भित्रका कम्तीमा पाँच वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेभसाईट मार्फत सुचना दिने र त्यस्तो सुचनामा नयाँ नोट सुकिलो नो सटही गर्ने समयावधी र संख्या समेत उल्लेख गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंकहरुले सर्वसाधारणहरुलाई रु ५, १०, २०, ५० र १०० दरको प्रतिव्यक्ति बढीमा एक एक प्याकेटका दरले १८,५०० रुपैंयाँसम्मको सटही सुविधा उपलब्ध गराउनु पर्ने छ ।